बुटवल-१ मा नरेन्द्रको संयोग, बागी लडेरै दोस्रोपटक वडाध्यक्ष – Nepal Press

बुटवल-१ मा नरेन्द्रको संयोग, बागी लडेरै दोस्रोपटक वडाध्यक्ष

रुपन्देही । बुटवल उपमहानगरपालिका-१ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत अध्यक्षमा विजयी भएका छन् ।

लामो समय नेपाली कांग्रेसबाट राजनीति गरेका बस्नेत टिकट नपाएपछि पुतली चुनाव चिन्ह लिएर स्वतन्त्र उठेका थिए । बुटवलको पुरानो बस्ती रहेको पारी बुटवलका ६० वर्षीय नरेन्द्र बस्नेत अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाट उठेर पराजित भएका थिए ।

बस्नेत ६३६ मतका साथ विजयी भए । उनका निकटता प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्र लिगलले ५५१ मत ल्याए । लिगल २०७४ सालमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका माधव प्रधानले ३४८ मत मात्रै प्राप्त गरे ।

२०५४ सालमा पनि बस्नेत स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यतिखेर पनि उनी कांग्रेसबाटै विद्रोह गरेर उम्मेदवार बनेका थिए । त्यतिखेर उनले कुचो चुनाव चिन्ह पाएका थिए ।

वडा नम्बर १ को गणना सकिँदासम्म बुटवलमा मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले अग्रता लिएका छन् ।

बुटवलमा यसअघि विजयी भएको एमालेलाई उछिन्दै राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचन दोस्रो बनेका छन् । एमालेका बाबुराम भट्टराई तेस्रो नम्बरमा छन् ।

यहाँबाट १९७५ मत खसेकोमध्ये मेयरमा कांग्रेसका खेलराज पाण्डेले ८४३, राप्रपाका मृगेन्द्रले ४१४ र भट्टराईले ३४० मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर