रुकुमको त्रिवेणी १ मा स्वतन्त्रको प्यानल नै विजयी – Nepal Press

रुकुमको त्रिवेणी १ मा स्वतन्त्रको प्यानल नै विजयी

दाङ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार सुन्दर ओलीको प्यानल विजयी भएको छ ।

नेकपा माओवादी केन्द्रका लक्ष्मण ओलीलाई १ सय ६० मतान्तरले पराजित गर्दै ओली विजयी भएका हुन् ।

उनले ५ सय ७७ मत प्राप्त गरे । वडामा कुल १ हजार १ सय १४ मत खसेको थियो ।

उनका प्रतिद्वन्द्वी एमालेका लक्ष्मण ओलीले ४ सय १७ मत पाएका छन् ।

नेपाली कांग्रेसका मुस्कान ओलीले जम्मा ४४ मत प्राप्त गरे ।

वडा सदस्यमा स्वतन्त्र प्यानलबाटै कमला बोहरा, लालसरा कामी, खड्कबहादुर पुन, पूर्णबहादुर बुढा विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर