ओखलढुंगाको खिजीदेम्वा १ वडामा जसपाको प्यानल नै विजयी – Nepal Press

ओखलढुंगाको खिजीदेम्वा १ वडामा जसपाको प्यानल नै विजयी

ओखलढुंगा । ओखलढुंगामा जनता समाजवादी पार्टीले खाता खोलेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत ओखलढुंगामा पहिलो पटक जसपाले जनप्रतिनिधि पाएको हो ।

गाउँपालिका अध्यक्षमा जसपाले अग्रता कायम राख्दै वडा नं १ मा जीत हासिल गरेको हो । यहाँ जसपाका कुमार सुनुवारको प्यानल नै विजयी भएको हो । सुनुवारले ३०४ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार निर्मलकुमार श्रेष्ठले २९३ मत ल्याएका थिए ।

वडा नं १ को मत गणना सक्दा यहाँ जसपाकै अध्यक्ष उम्मेदवार गम्वु शेर्पाले ४६९ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार रामबहादुर सुनुवारले १९३ मतसहित पछ्याइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसका भुपेन्द्र बस्नेतले २६३ र माओवादीका चन्द्रमान तामाङले २६ मत ल्याएकाे निर्वाचन अधिकृत विष्णुहरि बरालले जनाकारी दिए ।

गाउँपालिका उपाध्यक्षमा जसपाकी मानकुमारी तामाङले ३०४, नेकपा एमालेकी कमला सुनुवारले २११, नेपाली कांग्रेसकी सुशीला तामाङले ३०३, माओवादी केन्द्रकी पासाङ ल्हामु शेर्पाले २९ मत ल्याएका छन् ।

खिजीदेम्बा वडा नं १ कांग्रेसको गढको रुपमा रहेको थियो । गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाको वडामा समेत कांग्रेसले हार व्यहोर्नुपरेपछि गाउँपालिकाको नेतृत्व यसपटक जसपाले गर्ने संकेत देखापरेको स्थानीय बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर