विराटनगर : मतगणना आजै सुरु गर्ने तयारी – Nepal Press

विराटनगर : मतगणना आजै सुरु गर्ने तयारी

विराटनगर । विराटनगरको मतगणना आजै सुरु गर्ने तयारी भएको छ ।

मतगणना आजै गर्ने तयारी स्वरूप मतपेटिका संकलन धमाधम भइरहेको छ ।

१९ वटै वडाका मतपेटिका विराटनगर ७ स्थित आदर्श माध्यमिक विद्यालयमा संकलन गरिएको छ ।

सकेसम्म आजैदेखि मतगणना गरिने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

दलहरूसँगको सर्वदलीय बैठकपछि मतगणना सुरु हुने दाहालले जानकारी दिए ।

मतगणना स्थल रहेको आदर्श विद्यालयमा छ वटै कोठामा मतगणना गर्ने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर