लुम्बिनी प्रदेश : १०७ पालिकामा मतदान सम्पन्न, – Nepal Press

लुम्बिनी प्रदेश : १०७ पालिकामा मतदान सम्पन्न,

रुपन्देही । लुम्बिनी प्रदेशका १ सय ९ पालिकामध्ये दुई स्थानमा बाहेक अन्त सबै स्थानमा मतदान सम्पन्न भएको छ ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा कांग्रेसका उपमेयरको उम्मेदार र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मा एमालेका वडाध्यक्षको उम्मेदारको मृत्यु भएका कारण त्यहाँको मतदान जेट ३ मा सारिएको छ ।

प्रदेश निर्वाचन कार्यालका अनुसार केही स्थानमा छिटफुट घटनाबाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भएको छ ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगर १७ मा नयाँ निर्वाचन कार्यतालिका अनुसार जेठ ३ गते निर्वाचन हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर