मधेस प्रदेश : २१ राउन्ड हवाई फायर र १२ सेल अश्रु ग्याँस प्रहार, ८ मतदान केन्द्रमा मतदान अवरुद्ध – Nepal Press
स्थानीय निर्वाचन

मधेस प्रदेश : २१ राउन्ड हवाई फायर र १२ सेल अश्रु ग्याँस प्रहार, ८ मतदान केन्द्रमा मतदान अवरुद्ध

काठमाडौं । मधेस प्रदेशका विभिन्न मतदान केन्द्रहरूमा भएका झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २१ राउन्ड हवाई फायर र १२ सेल अश्रु ग्याँस प्रहार गरेको छ ।

मधेस प्रदेश प्रहरी प्रवक्ता तुलबहादुर कार्कीका अनुसार सर्लाहीमा ६, पर्सा र रौतहटमा ५र५, बारामा ३ तथा सिराहा र महोत्तरीमा १र१ राउन्ड हवाई फायर भएको छ ।

रौतहटका ४, बाराका तीन र सप्तरीका एउटा मतदान केन्द्रमा मतदान रोकिएको प्रहरीले जनाएको छ ।

विवादका कारण मतदान फेरी सुरु हुन सकेको छैन । अन्य स्थानमा मतदान सुचारु रहेको प्रहरीले जनाएको छ ।

वर्षाका कारण रोकिएको मतदान सम्पन्न हुन अझै केही समय लाग्ने कार्कीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर