एमाले वडाअध्यक्षका उम्मेदवारको घरमा विस्फोट, बुहारी गम्भीर घाइते – Nepal Press

एमाले वडाअध्यक्षका उम्मेदवारको घरमा विस्फोट, बुहारी गम्भीर घाइते

रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं-५ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सोमनाथ पाण्डेको घरमा विस्फोट भएको छ ।

विस्फोटपछि पाण्डेयको घरमा क्षति पुगेको मर्चवारी गाउँपालिका एमालेका अध्यक्ष उम्मेदवार कमलेस यादवले बताए ।

बम विस्फोटमा परि पाण्डेको बुहारी ५० वर्षीय जयमाला पाण्डेय गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि भैरहवामा लगिएको छ ।

घटनाको विस्तृत विवरण आउँदै छ । निर्वाचन सकिन लागेको समयमा बेलुका ४ बजे भएको घटनाले स्थानीयलाई त्रसित बनाएको स्थानीय ओमप्रकाश पाण्डेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर