इलाममा किरियापुत्रीले गरे मतदान – Nepal Press

इलाममा किरियापुत्रीले गरे मतदान

इलाम । इलाममा दुई जना किरियापुत्रीले मतदान गरेका छन् ।

जिल्लाको माईजोगमाई गाउँपालिका–१ प्रेमेजुङको श्री शिवमाई मावि मतदान केन्द्रमा किरियापुत्रीले मतदान गरेका हुन् ।

सो मतदान केन्द्रमा तोया दाहाल र प्रेम सागर दाहालले मतदान गरेका हुन ।

६ दिन अगाडि बुबाको निधन भएपछि उनीहरू बुबाको काम गरिरहेका थिए ।

स्थानीय प्रतिनिधि राम्रो भएमा मात्र विकास हुन सक्ने र आफूहरू राम्रो स्थानीय प्रतिनिधि जिताउन मतदान गर्न आएको जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर