साँझ ८ बजेदेखि २० प्रतिशत स्थानीय तहको मतगणना सुरु हुने – Nepal Press

साँझ ८ बजेदेखि २० प्रतिशत स्थानीय तहको मतगणना सुरु हुने

काठमाडौं । निर्वाचन आयोगले साँझ ८ बजेदेखि २० प्रतिशत स्थानीय तहको मतगणना सुरु गर्ने जनाएको छ ।

नजिकै मतगणना स्थल भएका २० प्रतिशत स्थानीय तहको मतगणना आजै साँझ ८ बजेदेखि सुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल प्रेससँग बताएका हुन् ।

उनका अनुसार भोलि दिउसो २ बजेसम्म सबै स्थानीय तहको मतपत्र मतगणना स्थलसम्म पर्याइसकिनेछ । सबै स्थानीय तहको पाँच दिनमा मतगणना कार्य सम्पन्न गरिने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

वैशाख तीन गतेको निर्वाचनको मतगणना पनि यसै विचमा सुरु हुने भएकाले एक दुई दिन थप हुनसक्ने आयोगले अनुमान गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर