रुपन्देहीमा ३ बजेसम्म साढे ५२ प्रतिशत मतदान – Nepal Press

रुपन्देहीमा ३ बजेसम्म साढे ५२ प्रतिशत मतदान

रुपन्देही । रुपन्देहीमा दिउसो ३ बजेसम्म साढे ५२ प्रतिशत मतदान भएको छ ।

जिल्ला निर्वाचन प्रमुख अयोध्या भण्डारीका अनुसार जिल्लाका सबै मतदान स्थलमा शान्तिपूर्ण मतदान भएको छ ।

१६ पालिका रहेका जिल्लामा २०८ मतदानस्थल र ७ सय बुथ रहेका छन् ।

सबै पालिकामा मतदान सकिएपछि आजै राती ९ बजेदेखि मतगणना सुरु हुने भण्डारीले बताए ।

उनले भने आजै मतगणना गर्ने सबै दलबीच सहमति भएको छ, ९ बजेदेखि गणनाको तयारी हामीले गरेका छौ, सबै स्थानमा शान्तिपूर्ण मतदान भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर