सर्वदलीय सहमतिपछि रूकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका- २ मा मतदान सुरु – Nepal Press

सर्वदलीय सहमतिपछि रूकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका- २ मा मतदान सुरु

रुपन्देही । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रूकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका– २ पेल्मामा शुक्रबार अपराह्नमात्रै मतदान सुरू भएको छ ।

गाउँपालिकाको प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रमा बिहान १२ बजेसम्म मतदान सुरू हुन सकेको थिएन । बिहानभर फोन सम्पर्क नभएको र बिहान ९ बजेपछि स्याटेलाइट फोन सम्पर्क हुँदा मतदान सुरू नभएको जानकारी आफूले पाएको प्रजिअ कृष्णबहादुर खड्काले बताए ।

सर्वदलीय बैठक बसेर निर्वाचन गर्नेबारे सहमति भएको प्रजिअ खड्काले जानकारी दिए । माओवादी जिल्ला इन्चार्ज तेजबहादुर ओली प्रतीकले सर्वदलीय सहमतिअनुसार शान्तिपूर्ण रुपमा साढे १२ बजेबाट निर्वाचन सुरु भएको जानकारी दिए ।

नेकपा माओवादी केन्द्र एक्लै भिडेको यहाँ नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा चुनावी तालमेल रहेको छ।  त्यहाँ केही दिनअघि कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएकोले स्थानीय निर्वाचन रोकिँदा स्थानीय त्रसित थिए ।

जिल्लाका तीन पालिकामध्ये अन्य सबै मतदान केन्द्रमा बिहान ७ बजेबाटै मतदान भइरहेको प्रजिअ खड्काले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर