मतदानपछि ओलीले भने- देश दुईदलीय प्रणालीतर्फ जाने देखियो – Nepal Press

मतदानपछि ओलीले भने- देश दुईदलीय प्रणालीतर्फ जाने देखियो

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुक दुईदलीय प्रणालीतिर जाने देखिएकाे बताएका छन् । शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित महेन्द्र शान्ति माविमा मतदानपछि उक्त कुरा बताएका हुन् ।

ओलीले भने, ‘एमाले एकातिर, गठबन्धन अर्कातिर । मूलतः देश दुई दलीय प्रणालीतिर जाने देखियो ।’

यो निर्वाचनमा अत्यन्तै अपेक्षित परिणाम आउने उनको भनाइ छ । ‘देशभर जनताको असाधारण उत्साहका साथ मतदान भइरहेको छ । केही ठाउँबाहेक । त्यस्तो नहुने पर्ने हो, त्यस्तो उचित होइन्’, ओलीले भने, ‘यस निर्वाचनले अत्यन्तै अपेक्षित परिणाम ल्याउँछ भन्ने आशा गरेको छु । जनताको विजयले रोक्न सक्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर