धनुषामा हवाई फायर – Nepal Press

धनुषामा हवाई फायर

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका १ स्थित कुम्भकर्ण प्रावि मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ ।

दृष्टिविहीन एक व्यक्तिको मत त्यहाँका मतदान अधिकृतले खसालेको विषयमा विवादपछि झडप भएपछि प्रहरीले रबरको गोलीले हवाई फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले जानकारी दिए ।

हवाई फायरपछि केहि बेर मतदान स्थगित भएको थियो । डिएसपी क्षेत्रीका अनुसार विवाद समाधान भएपछि अहिले पुन: मतदान सुरु भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर