प्रदेश १ मा खस्यो २० प्रतिशत मत – Nepal Press

प्रदेश १ मा खस्यो २० प्रतिशत मत

विराटनगर । स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश १ मा बिहान ११ बजेसम्ममा २० प्रतिशतमाथि मत खसेको छ । प्रदेश १ निर्वाचन कार्यालय प्रमुख लेवनकाश्यव अधिकारीले बिहान ११ बजेसम्म प्रदेशभर करिब २० प्रतिशत मत खसेको जानकारी दिए ।

त्यस्तै मोरङ निर्वाचन कार्यालयका अनुसार जिल्लाका १७ स्थानीय तहका १५९ वडामा पनि करिब २० प्रतिशत मत खसेको छ । यहाँ सात लाख १५ हजार २२३ मतदाता रहेका छन् । मतदानस्थल ३०० र मतदान केन्द्र ८२० रहेका छन् ।

सबैभन्दा बढी विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ र सबैभन्दा कम मिक्लाजुङ गाउँपालिकामा २३ हजार ९९० मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यलयका अनुसार मोरङमा शान्ति पूर्ण मतदान कार्य जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर