कांग्रेस-एमाले विवादले मतदाताको भागाभाग – Nepal Press

कांग्रेस-एमाले विवादले मतदाताको भागाभाग

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका- ५ स्थित भानोदय माध्यमिक विधालयमा रहेको मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच विवाद हुँदा मतदाताको भागाभाग भएको छ ।

फर्जी मतको विषयमा दुई पार्टीबीच विवाद भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रहरी प्रमुख मोहनकुमार आचार्यले स्थिति नियन्त्रणमा आइसकेको बताए ।

‘त्यस्तो केही भएको होइन । नेपाली कांग्रेस र एमालेबीच विवाद हुँदा मानिसहरुको भागाभाग भएको हो । ढुंगा हान्न थालेपछि मान्छेहरु भाग्ने नै भए’, डीआईजी आचार्यले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर