कांग्रेस र एमालेकाे झडपले दोलखा र ओखलढुंगाका दुईवटा मतदान केन्द्रमा सुरु भएन मतदान – Nepal Press

कांग्रेस र एमालेकाे झडपले दोलखा र ओखलढुंगाका दुईवटा मतदान केन्द्रमा सुरु भएन मतदान

काठमाडौं । एमाले र नेपाली कांग्रेसबीचको विवादका कारण दोलखाको बैत्यश्वर गाउँपालिका–३ स्थित कालिगढुंगा माविमा रहेका मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन । सर्वदलीय बैठक बसेर विवाद समाधानको प्रयास भइरहेको प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए ।

दुई पार्टीका कार्यकर्ताबीच झडप पनि भएको थियो । सोही गाउँपालिकाको १ नम्बर वडामा देखिएको विवाद समाधान भएपछि केहीबेर अघि मतदान सुरु भएको छ । त्यहाँ पनि दुई पार्टीबीच विवाद देखिएको थियो ।

यस्तै ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ मा रहेको मतदान केन्द्रमा पनि अझै मतदान सुरु हुन सकेको छैन । कांग्रेस र एमालेबीच विवादपछि झडप भएका कारण अहिले सर्वदलीय बैठक बसिरहेको प्रहरीले जनाएको छ ।

मोरङको लेटाङस्थित मतदान केन्द्रमा कागजपत्र नभएका सुकुम्बासीलाई मतदान गर्न दिने कि नदिने भन्ने विषयमा विवाद हुँदा मतदान सुरु हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरी केन्द्रीय प्रवक्ता केसीले भने, ‘भौगोलिक र प्राविधिक कठिनाइका कारण कतिपय हिमाली र पहाडी जिल्लाबाट रिपोर्ट प्राप्त भइसकेको छैन । त्यहाँ मतदान सुरु भइसकेको हुन सक्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर