देउवा र ओलीबाहेकका नेताहरुले बिहानै खसाले भोट – Nepal Press

देउवा र ओलीबाहेकका नेताहरुले बिहानै खसाले भोट

काठमाडौं । स्थानीय तहको शुक्रबार भएको देशवुयापी मतदानमा अधिकांश शीर्ष नेताहरुले बिहानै मत खसालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेकका अधिकांश शीर्ष नेताहरुले आ-आफ्नो मतदान केन्द्रमा पुगेर बिहानै मत खसालेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुर मतदान केन्द्रको बुथ ‘क’ बाट मतदान गरेका छन् ।

नेकपा समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले गौर–१, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विराटनगर महानगरपालिकामा मतदान गरेका छन् । उनले विराटनगरस्थित आदर्श विद्यालयमा मतदान केन्द्रमा मतदान गरेका हुन् ।

गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा नगरपालिका– ८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

नेकपा एमालेका उपाध्यक्षहरु विष्णु पौडेलले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्र र सुरेन्द्र पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका– ५ स्थित भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

एमाले महासचिव शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ मतदान केन्द्र ‘ख’ बुथमा मा पुगेर मतदान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर