भोट हालेपछि सुनिता डंगोलले भनिन्ः अब सबै जनताको हातमा छ – Nepal Press

भोट हालेपछि सुनिता डंगोलले भनिन्ः अब सबै जनताको हातमा छ

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर उम्मेदवार सुनिता डंगोलले आफ्नो जितमा विश्वस्त रहेको बताएकी छन् ।

आज मतदानपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताको माया नै आफ्नो जितको आधार भएको टिप्पणी गरिन् ।

उनले भनिन्, ‘मैले जनताको माया र आशीर्वाद पाएको छु । त्यसैले जित्नेमा विश्वस्त छु । अब धेरै दिन कुर्नुपर्दैन ।’

एमाले नेता रामवीर मानन्धरले काठमाडौंबाट एमाले क्लीन स्वीप हुन सक्ने भनी दिएको चेतावनीमा डंगोलले टिप्पणी गर्न चाहिनन् । उनले भनिन्, ‘कसले के भन्यो त्यसमा टिप्पणी नगरौं । जनताको हातमा छोडिदिने समय हो यो । सबै कुरा अब जनताकै हातमा छ । जनताले जे भन्छन् त्यही हुन्छ ।’

डंगोलले सबै मतादाताहरुलाई मतदानमा सहभागी हुन अपिल गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर