औरहीमा माओवादीका अध्यक्ष उम्मेदवार पक्राउ, झडपमा कांग्रेस कार्यकर्ताको टाउको फुट्यो – Nepal Press

औरहीमा माओवादीका अध्यक्ष उम्मेदवार पक्राउ, झडपमा कांग्रेस कार्यकर्ताको टाउको फुट्यो

जनकपुरधाम । सिरहाको औरही गाउपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार रहेका सिद्धार्थ यादव पक्राउ परेका छन् ।

औरही गाउँपालिका ४ टोलमा मध्यराति मतदातालाई पैसा बाँड्न गएको भन्दै यादवलाई नेपाली कांग्रेस र जसपाका कार्यकर्ताहरुले घेराउ गरेका थिए । त्यस क्रममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।

झडपका क्रममा एक कांग्रेस कार्यकर्ताको टाउको फुटेको छ । माओवादी कार्यकर्ताले रड प्रहार गर्दा नाम खुल्न नसकेका कांग्रेस कार्यकर्ताको टाउको टाउको फुटेको हो ।

अबस्था तनावग्रस्त बनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुगेपछि अध्यक्ष उम्मेदवार यादव र उनकै साथमा रहेका माओवादीकै दुई जनालाई विहान करिब २ बजे नियन्त्रणमा लिएको छ ।

सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले यादवलाई नियन्त्रणमा लिएको पुष्टि गरे । उनले भने, ‘रुपैया बाँड्न आएको र सोही कारण झडप भएको आरोप लागेपछि अध्यक्ष उम्मेदवार यादव र उनी चढेको एउटा कार नियन्त्रणमा लिएका छौं ।’

एसपी तिमिल्सिनाले अध्यक्ष उम्मेदवार यादवलाई तत्काल रिहा गर्ने र गाडी राखेर थप अनुसन्धान गर्ने जानकारी दिए । अध्यक्ष उम्मेदवार यादव निवर्तमान अध्यक्ष पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *