निर्वाचन आचारसंहिता लागू भएयता ६६ वटा स्पष्टीकरण सोधियो – Nepal Press

निर्वाचन आचारसंहिता लागू भएयता ६६ वटा स्पष्टीकरण सोधियो

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएयता अहिलेसम्म आचारसंहिता उल्लघङ्नका घटनामा ६६ वटा स्पष्टीकरण सोधेको छ । आयोगका अनुसार यसै अवधिमा नौ वटा सचेत र एक वटा ध्यानाकर्षण गराइएको हो ।

वैशाख २७ गते मध्यरात १२ बजेदेखि सुरु भएको मौन अवधिमा निर्वाचन आचारसंहिता, २०७८ को पालनामा आयोगले विशेष सजगता अपनाएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए । यस अवधिमा आचारसंहिताको कार्यान्वयनका लागि नियमित अनुगमन संयन्त्रका साथै निर्वाचन अनुगमन टोलीले पनि काम गरिरहेको छ ।

विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट प्राप्त उल्लङ्घनसम्बन्धी सूचनालाई पनि आयोगले जानकारीमा लिई आवश्यक कार्य गरिरहेको छ । निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अगाडिबाट मौन अवधि सुरु हुने व्यवस्था छ । त्यसै अनुसार मङ्गलवार अर्थात् २७ गते राति १२ बजेदेखि मौन अवधि जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर