प्रचण्ड चितवन गएपछि सीडीओ र प्रदेश प्रहरी प्रमुखलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण – Nepal Press

प्रचण्ड चितवन गएपछि सीडीओ र प्रदेश प्रहरी प्रमुखलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चितवन भ्रमणलाई लिएर निर्वाचन आयोगले बागमती प्रदेश प्रहरी प्रमुख‚ चितवनका प्रमुख जिल्ला अधिकारी र एसपीलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले चितवन भरतपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई स्पष्टीकरण सोधेको हो ।

बिहीबार आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल भरतपुर पुगेको र मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न दिएको विषयलाई लिएर उनीहरूलाई स्पष्टीकरण पत्र सोधेको हो ।

न्यूज कारखाना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर