मोरङका सबै मतदान स्थलमा तयारी पूरा – Nepal Press

मोरङका सबै मतदान स्थलमा तयारी पूरा

विराटनगर । मोरङका सबै मतदान स्थलमा तयारी पूरा भएको छ ।

प्रदेश निर्वाचन कार्यालयलेका अनुसार शुक्रवार हुने निर्वाचनमा मतदान गर्नका लागि महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ ।

यससँगै वृद्ध वृद्धा र असक्तलाई छिटो मतदान गर्न सक्ने गरी व्यवस्था गरिएको जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यससँगै मतदान स्थलबाट नयाँ तथा परिचयपत्र हराएका मतदातालाई परिचयपत्र पनि वितरण भइरहेको छ ।

विराटनगर महानगरको लागि मतगणनास्थलका रूपमा तोकिएको आर्दश विद्यालयको कोठामा तार जाली लगाएर विशेष सुरक्षा अपनाइएको छ ।

त्यसै गरी मतगणना स्थलमा सिसीटिभी क्यामेराको व्यवस्थापन गरिएको छ । यदि बिजुली गएमा स्वचालित जेनेरेटर पनि राखिएको छ ।

१९ वटा वडा रहेको विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार १ सय ४२ मतदाता छन् । यहाँ मतदानको लागि २९ मतदान स्थल र १४० वटा मतदान केन्द्र तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर