पूर्व सामान्य प्रशासनमन्त्री बस्नेत सवार गाडी दुर्घटना, १० जना घाइते – Nepal Press

पूर्व सामान्य प्रशासनमन्त्री बस्नेत सवार गाडी दुर्घटना, १० जना घाइते

दैलेख । नेकपा माओवादी केन्द्रका नेता एव पूर्व सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी आज दुर्घटनामा परेको छ ।

सल्यानबाट दाङतर्फ आउँदै गरेको बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो र दाङबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्ससँग तुलसीपुर उपमहानगर ३ राणा गाउँमा ठोकिएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पूर्व मन्त्री बस्नेतको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

उनका अनुसार दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएका छन् । बस्नेतको गर्धनमा चोट लागेको हो ।

उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर