प्रधानमन्त्री देउवा मतदान गर्न भोलि डडेलधुरा जाने – Nepal Press

प्रधानमन्त्री देउवा मतदान गर्न भोलि डडेलधुरा जाने

कैलाली । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भोलि मतदान गर्न डडेलधुरा जाने भएका छन् ।

२५ गते धनगढी आएका देउवा डडेलधुरा पुगेर फेरी आज धनगढी फर्किएका थिए ।

उनी भोलि मतदान गर्न डडेलधुरा जाने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवा खोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् ।

उनी भोलि डडेलधुरा आउने कार्यक्रम रहे पनि समय तालिका भने अझै जानकारी नरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ ।

निर्वाचन कार्यालयका अनुसार गन्यापधुरामा कुल १० हजार ४१४ जना मतदाता छन् । यो गाउँपालिकामा १४ वटा मतदान केन्द्र छन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर