काठमाडौंका सिडिओ भन्छन्- मतदानदेखि मतगणनासम्मको तयारी पुरा भयो, अति संवेदनशील अवस्था छैन (भिडिओ) – Nepal Press

काठमाडौंका सिडिओ भन्छन्- मतदानदेखि मतगणनासम्मको तयारी पुरा भयो, अति संवेदनशील अवस्था छैन (भिडिओ)

काठमाडौं । काठमाडौंका जिल्ला प्रशासन प्रमुख गोविन्दप्रसाद रिजालले शुक्रवार हुने स्थानीय तहको निर्वाचनको मतदान र मतगणनाका लागि सम्पूर्ण तयारी पुरा भएको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभा गृह परिसरमा पत्रकारहरूसँग कुरा गर्दै सहसचिव रिजालले सबै सुरक्षा निकाय परिचालन भइसकेको र पूर्वाधारको काम पनि सकिएको बताए ।

उनले काठमाडौं जिल्लामा ११ वटा स्थानीय निकाय रहेकामा कुनै पनिमा पनि अति संवेदनशील मतदान स्थल नरहेको बताए ।

‘हाम्रा ३ सय २० मतदानस्थलमध्ये एक सय ५० वटा संवेदनशील मतदान स्थलका रूपमा रहेका छन् । कुनै पनि मतदान स्थल अति संवेदनशील छैनन् । त्यसअनुसार हामीले सुरक्षाकर्मीको परिचालन गरेका छौँ’, उनले भने ।

उनले अघिल्लो स्थानीय निर्वाचनभन्दा यस पटक काठमाडौंका स्थानीय निकायको मत परिणाम चाँडै आउने बताए ।

‘भोलि मतपेटिकाहरू मतगणना स्थलसम्म कति बेला आइपुग्छन् र गणनाअघिका प्रक्रियाहरू कति बेला पुरा हुन्छन् भन्ने हो । मलाई लाग्छ ११ स्थानीय निकायमध्ये केहीको गणना शुक्रवार राती नै सुरु हुन्छ।’

काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा हुने छ । महानगरका ३२ वटाको मतपेटिका राष्ट्रिय सभागृहमा जम्मा हुने र एकसाथ ७ ठाउँबाट गणना हुने छ । सुरक्षित, धाँधलीरहित मतगणनाका लागि सभा गृहको मतगणना स्थलमा २० वटा सिसिटिभी क्यामरा जडान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर