कैलालीमा निर्वाचनको अन्तिम तयारी हुँदै- २३६ मतदान स्थल, ६१९ मतदान केन्द्र – Nepal Press

कैलालीमा निर्वाचनको अन्तिम तयारी हुँदै- २३६ मतदान स्थल, ६१९ मतदान केन्द्र

कैलाली । भोलि हुने स्थानीय तह निर्वाचनको लागि कैलालीमा तयारी अन्तिम चरणमा पुगेको छ । अहिले मतदान स्थलमा मतदान केन्द्र निर्माण भइरहेको छ ।

मतगणना स्थलको तयारी पनि भइरहेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ।

कैलालीका १३ स्थानीय तहमा २३६ मतदान स्थल रहेको छ भने ६१९ मतदान केन्द्र रहेको छ । कैलालीका १० वटा मतदान केन्द्रमा ५ सय भन्दा कम मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

पाँच सय भन्दा कम मतदाता रहेको मतदान केन्द्रमा एउटा मत पेटिका र त्यो भन्दा बढ मतदाता रहेको मतदान केन्द्रमा दुई वटा मतपेटिकाको व्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले जानकारी दिए ।

कैलालीमा सबै भन्दा धेरै मतदान स्थल र मतदान केन्द्र भएको स्थानीय धनगढी उपमहानगरपालिका रहेको छ । धनगढी उपमहानगरपालिकामा मात्र १०४ मतदान केन्द्र रहेको छ । मोहन्याल गाउँपालिका सबै भन्दा कम मतदान केन्द्र रहेको छ ।

मोहन्याल गाउँपालिकामा १५ मतदान स्थल रहेको छ भने १८ वटा मतदान केन्द्र रहेको छ । प्रादेशिक निर्वाचन कार्यालय धनगढीका अनुसार चुरे गाउँपालिकामा १४ स्थल मतदान केन्द्र २० मतदान केन्द्र रहेको छ ।

कैलारी गाउँपालिकामा २० मतदान स्थल रहेको छ भने ४७ मतदान केन्द्र रहेको छ। गोदावरी नगरपालिकामा २४ मतदान स्थल रहेको छ भने ६७ मतदान केन्द्र रहेको छ ।

त्यस्तै गौरीगङ्गा नगरपालिकामा १७ मतदान स्थल रहेको छ भने ४३ मतदान केन्द्र रहेको छ । घोडाघोडी नगरपालिकामा १७ मतदान स्थल रहेको छ भने ६० मतदान स्थल रहेको छ ।

जानकी गाउँपालिकामा १३ मतदान स्थल रहेको छ भने ३१ मतदान केन्द्र रहेको छ । जोशीपुर गाउँपालिकामा १३ मतदान स्थल रहेको छ भने ३१ मतदान केन्द्र रहेको छ ।

त्यस्तै टीकापुर नगरपालिकामा १६ मतदान स्थल ५७ मतदान केन्द्र रहेको छ । बर्दगोबरीया गाउँपालिकामा १० मतदान स्थल २५ मतदान केन्द्र रहेको छ ।

भजनीमा मतदान स्थल १८ रहेको भने मतदान केन्द्र ४३ रहेको छ । लम्की चुहा नगरपालिकामा १८ मतदान स्थल रहेको छ भने ६१ मतदान केन्द्र रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा सबै भन्दा धेरै कैलालीमा मतदाता रहेका छन् । कैलालीमा मात्र ५लाख २५हजार १२५ जना मतदाता रहेका छन् ।

यहाँ २लाख ५६ हजार ०४ पुरुष र २ लाख ७ हजार १० जना महिला मतदाता रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर