स्थानीय निर्वाचनका लागि मतदान स्थल बनाइँदै (तस्बिर/भिडिओ) – Nepal Press

स्थानीय निर्वाचनका लागि मतदान स्थल बनाइँदै (तस्बिर/भिडिओ)

काठमाडौं । स्थानीय निर्वाचनका लागि मतदान स्थलहरू बनाउने काम धमाधम भइरहेको छ ।

वैशाख ३० शुक्रवार बिहान ७ बजे देखी साँझ ५ बजेसम्म मतदान हुँदै छ ।

नयाँ संविधान जारी भएपछि सङ्घीय गणतन्त्र नेपालमा दोस्रो पटक स्थानीय तह निर्वाचन शुक्रवार हुन लागेको हो ।

मतदानका लागि देशैभरि १० हजार पाँच सय भन्दा बढी मतदान स्थल र झन्डै २२ हजार मतदान केन्द्र तोकिएको छ ।

१८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मत खसाल्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र म्यादी प्रहरी गरी करिब साढे दुई लाख सुरक्षा कर्मी परिचालित भएका छन् ।

यस्तै, मतदानका लागि तयार गरिँदै गरेको काठमाडौं महानगरपालिका १० नम्बर वडाको मतदान केन्द्र रत्न राज्य माध्यमिक विद्यालयको केहि तस्बिरहरू

तस्बिरहरू : गौरव पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर