राष्ट्रिय सभागृहमा मतगणनाको व्यवस्थापन- तार जाली र त्यसभित्र सिसिटिभी जडान (तस्बिरहरू) – Nepal Press

राष्ट्रिय सभागृहमा मतगणनाको व्यवस्थापन- तार जाली र त्यसभित्र सिसिटिभी जडान (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना हुने स्थान राष्ट्रिय सभागृहमा यतिबेला तार जाली र त्यसभित्र सिसिटिभी जडानको काम धमाधम भइरहेको छ ।

कडा सुरक्षा व्यवस्थापनका लागि तार जालीभित्र सिसिटिभीको निगरानीमा ३२ वटै वडाको मतगणना हुने छ ।

काठमाडौं महानगरपालिकाभित्र ३२ वटा वडा छन् ।

राष्ट्रिय सभाभित्र एक साथ सात ठाउँमा मतगणना गर्न सकिने गरी तयारी भइरहेको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए। मतपेटिका राख्ने ठाउँदेखि गणना हुने ठाउँ सिसिटिभीको पूर्ण निगरानीमा रहने जनाइएको छ ।

मतगणनालाई धाँधलीरहित, निष्पक्ष र सुरक्षित बनाउन यस पटक त्यसका लागि देशका विभिन्न स्थानमा तार जाली भित्र सिसिटिभी समेत जडान गर्ने काम भइरहेको छ ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर