मतदातालाई पैसा बाँड्दै गर्दा पक्राउ परेका एमाले वडा अध्यक्षका उम्मेदवार रिहा – Nepal Press

मतदातालाई पैसा बाँड्दै गर्दा पक्राउ परेका एमाले वडा अध्यक्षका उम्मेदवार रिहा

सुर्खेत । निर्वाचन आचारसंहिताविपरीत मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परेका गुर्भाकोट ११ का एमाले वडा अध्यक्ष उम्मेदवार राजन बीसी रिहा भएका छन् ।

गुर्भाकोट नगरपालिका–११ स्थित घुमखहरेको आँपसोती टोलमा बुधबार मध्य राति मतदाताहरुलाई पैसा बाँड्दै गरेको अवस्थामा बीसीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले उनको साथबाट १ लाख १२ हजार नगदसमेत बरामद गरेको थियो । प्रदेश निर्वाचन कार्यालय प्रमुख दुर्गा चालिसेका अनुसार सर्वदलीय बैठकबाट उनलाई रिहा गर्ने निर्णय भएको थियो ।

आइन्दा सौहाद्रपूर्ण रुपमा निर्वाचनका गतिविधि गर्ने र निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएपछि बीसी बिहीबार रिहा भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर