मुस्लिम आयोगका अध्यक्षले पैसा बाँडेको आरोप, प्रहरीले होटलबाट एयरपोर्ट पुर्‍यायाे (भिडिओ) – Nepal Press

मुस्लिम आयोगका अध्यक्षले पैसा बाँडेको आरोप, प्रहरीले होटलबाट एयरपोर्ट पुर्‍यायाे (भिडिओ)

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पैसा बाँडेको आरोपपछि विवाद उत्पन्न भएको छ । मधेस प्रदेशका सभासद समेत रहेका एक एमाले नेताको घरमा खान खाने क्रममा एमालेकै कार्यकर्ताले पैसा बाँडेको आरोप लगाएका हुन् ।

अन्सारी जनकपुरधामस्थित एउटा होटलमा बसिरहेका थिए । त्यहाँ एमाले कार्यकर्ताहरु आएर होहल्ला गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । खानतलासीका क्रममा अन्सारीले पैसा बाँडेको प्रमाण नभेटिएको प्रहरीले जनाएको छ ।
धनुषा प्रहरीले अन्सारीलाई होटलबाट रेस्क्यू गरेर एयरपोर्ट लगेर छाडेको धनुषा प्रहरीका प्रवक्ता प्रदिप क्षेत्रीले जानकारी दिए ।

‘उहाँ प्रदेश सभासद् रहेका एक जना एमाले नेताको घरमा खाना खान जान लाग्नुभएको रहेछ । त्यहीक्रममा पैसा बाँडिरहेको भन्दै होहल्ला भएपछि हामी होटल पुगेका थियौँ । तर केहीपनि भेटेनौँ । हामीले उहाँलाई सोझै एयरपोर्ट छाडेका छन्,’ क्षेत्रीले भने ।
अन्सारी ती नेताको घरमा खाना खाएर काठमाडौं फर्कने तयारीमा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर