मौन अवधिमा के सोच्दैछन् मतदाता ? (भिडियो रिपोर्ट) – Nepal Press

मौन अवधिमा के सोच्दैछन् मतदाता ? (भिडियो रिपोर्ट)

काठमाडौं । स्थानीय चुनावका लागि भोलि मतदान हुँदैछ । हिजोबाट मौन अवधि लागू भएकाले पार्टी तथा उम्मेदवारको प्रचार प्रसार बन्द भइसकेको छन भने मतदाताहरु भोट हाल्न आफ्नो थातथलो फर्किरहेका छन् ।

राजनीतिक दल तथा उम्मेदवारहरुले नै भोट हाल्नको लागि काठमाडौंका मतदातालाई गाउँगाउँ पुर्याउने व्यवस्था मिलाएका छन् । पाँच वर्षपछि स्थानीय जनप्रतिनिधि छनोट गर्न देशभरका मतदातामा उत्साह छ ।

यतिबेला काठमाडौंको माहोल दशैंको विदामा जस्तै देखिन्छ । सडकमा सवारी साधन पातला छन् । शैक्षिक संस्थाहरु बन्द भएका छन् । मानिसहरुको चहलपहल कम भएको छ ।

स्थानीय चुनावमा सबैभन्दा बढी चासो हुने भनेको काठमाडौं महानगरमै हो । यहाँका मतदातालाई कसलाई आगामी ५ वर्षका लागि महानगरको साँचो सुम्पेलान भन्ने थाहा पाउन केही दिन अझै प्रतिक्षा गर्नुपर्ने छ ।

काठमाडौंका मतदाता शिक्षित र सचेत हुने भएकाले आफ्नो मताधिकारको सदुपयोग गर्ने अपेक्षा लिइन्छ । तर, काठमाडौंकै कतिपय मतदातामा भने भोट हाल्न उत्साह देखिँदैन । खासगरि युवाहरु चुनावमा भोट हालेर के हुन्छ र भन्ने मानसिकतामा पाइए ।

नेपाल प्रेसले काठमाडौका सडकमा भेटिएका मतदाताहरुलाई भोट हाल्ने कि नहाल्ने भनेर सोधेको थियो । हेर्नुस भिडियो रिपोर्टः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर