दुई दिन पैदल हिँडेर मतदान केन्द्रमा पुगे सुरक्षाकर्मी र कर्मचारी – Nepal Press

दुई दिन पैदल हिँडेर मतदान केन्द्रमा पुगे सुरक्षाकर्मी र कर्मचारी

लमजुङ । मतदान गर्ने समय नजिकिएसँगै हिमाली जिल्ला मनाङको दुर्गममा रहेको नार्पाभुमी गाउँपालिकामा दुई दिनको पैदल यात्रा पछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् ।

सोमबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी मङ्गलवार मतदान केन्द्रमा पुगेका हुन् ।

उनीहरूले मतदान केन्द्रहरूमा सूचना टाँस गर्ने, चार किल्ला तोक्ने लगायतका गतिविधिहरू गर्नेछन् ।

मनाङका चार वटै स्थानीय तहका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार मनाङको नार्पाभुमी गाउँपालिकाको ५ वटा मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् ।

स्थानीय तहको निर्वाचनका लागि मनाङमा दुई सय बढी कर्मचारी र ७ सय बढी सुरक्षाकर्मी खटिएका छन् ।

निर्वाचनका लागि मनाङमा २८ वटा मतदान केन्द्र कायम भएको छ ।

मनाङमा नासो गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा नौ–नौ मतदान केन्द्र, चामे गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा पाँच वटा मतदान केन्द्र कायम भएको छ ।

मनाङमा ६ हजार ४ सय ९६ मतदाता छन् । जसमा महिला ३ हजार ३ सय ४८ र पुरुष ३ हजार १ सय ४८ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर