दुर्घटनामा परेर धनगढीका मतदान अधिकृत भट्ट घाइते – Nepal Press

दुर्घटनामा परेर धनगढीका मतदान अधिकृत भट्ट घाइते

धनगढी । धनगढीका मतदान अधिकृत दिजराज भट्ट मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् ।

धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा जाँदै गर्दा मतदान अधिकृत भट्ट दुर्घटनामा परेर घाइते भएका हुन् ।

भट्ट सवार से १ प ११६८ नम्बरको मोटरसाइकलसँग सु.प ०१.००१ च.२८८९ स्कारपियो ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घाइते भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

मतदान केन्द्रमा उनको सट्टा नयाँ मतदान अधिकृत खटाइएको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर