नेपाल राष्ट्र बैंकले सातामा दुई दिन सार्वजनिक बिदा दिने – Nepal Press

नेपाल राष्ट्र बैंकले सातामा दुई दिन सार्वजनिक बिदा दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सातामा दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

सरकारले शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि राष्ट्र बैंकले सोही अनुसार निर्णय गरेको हो ।

मातहतका विभाग कार्यालय र इकाईहरूलाई पत्राचार गर्दै राष्ट्र बैंकले जेठ १ गतेबाट शनिवार र आइतबार बिदा दिँदै कार्यालय समय बिहान साढे ९ देखि अपराह्न साढे ५ सम्म कायम गर्न पनि भनेको छ ।

यस्तै कार्त्तिक १६ देखि माघ १५ सम्म भने बिहान साढे ९ देखि अपराह्न साढे चार बजेसम्म बिदा कायम रहने बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *