नेप्से लगातार उकालो, बुधबार ५६.०६ अंकले बढ्यो – Nepal Press

नेप्से लगातार उकालो, बुधबार ५६.०६ अंकले बढ्यो

काठमाडौं । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा सेयर बजार परिसूचक नेप्से लगातार उकालो लागिरहेको छ ।

बुधबार नेप्से ५६.०६ अंकले बढेर २३०६९.०७ विन्दुमा पुगेको छ । सोमबारदेखि नेप्से लगातार बढिरहेको हाे ।

२२ सयभन्दा तल झरेको नेप्से बढ्नुमा निर्वाचनलाई नै प्रमुख कारण मानिएको छ ।

बुधबार जलविद्युत समूहको सूचक करिब ५ प्रतिशतले बढेको छ । फाइनान्सको पनि ४ प्रतिशतभन्दा बढीले बढेको छ । विकास बैंक ३.७५, ननलाइफ इन्सुरेन्स २.३९ र माइक्रो फाइनान्स समूहको सूचक ३.२६ प्रतिशतले बढेको छ ।

सबै समूहको सूचकमा हरियाली छाएको छ । ५३ लाख ३३ हजार १०९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँको कारोबार भएको छ ।

चार जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । एउटा फाइनान्सको सेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ । अन्य चार वटा कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर