म्यादी प्रहरीको शव ल्याउन हेलिकप्टरको माग
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2021/11/death-dead-body.jpg)
सुर्खेत । उपल्लो डोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।
चुनावको सुरक्षामा खटिएका ठूलीभेरी नगरपालिका-७ का २४ वर्षीय सुनिल विकको लेक लागेर मृत्यु भएको हो ।
उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा मंगलबार लेक लागेका विकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय डोलपाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले बताए ।
मृत्यु भएका म्यादी प्रहरीको शव जिल्ला सदरमुकाम दुनै ल्याउन हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।
निर्वाचन सेलको बुधबार बसेको बैठकले पोष्टमार्टमका लागि शव बोकेर दुनै ल्याउन सक्ने अवस्था नभएकोले हेलिकप्टर माग गर्ने निर्णय गरेको थियो ।