उम्मेदवारकाे निधनपछि छोरालाई वडा अध्यक्षको टिकट – Nepal Press

उम्मेदवारकाे निधनपछि छोरालाई वडा अध्यक्षको टिकट

दाङ । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का आफ्ना अध्यक्षका लबरू चौधरीको निधन भएपछि उनका छोरालाई उम्मेदवार बनाएको छ ।

आज बसेको जिल्ला सचिवालयको बैठकले लबरूका छोरा प्रदिप चौधरीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको सचिव मनोहर बुढाथोकीले जानकारी दिए । प्रदिपले आजै निर्वाचन अधिकृतको कार्यलयमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदिपले उम्मेदवारी दर्ता पछि संचारकर्मी सँग भने, ‘म बुवाको समाजसेवा गर्ने सपना पूरा गर्छु । शोकलाई शक्तिमा बदलेर चुनावी मैदानमा होमिनेछु ।’

लबरूको मंगलबार राति उपचारका क्रममा मंगलबार राति काठमाडौमा निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर