मौन अवधि बिर्सेर बालेन शाहको पक्षमा भोट माग्दै सेलिब्रिटी – Nepal Press

मौन अवधि बिर्सेर बालेन शाहको पक्षमा भोट माग्दै सेलिब्रिटी

श्वस्तिमा भन्छिन्ः कलाकारलाई पनि मौन अवधि लाग्छ र ?

काठमाडौं । मंगलबार मध्यरातिदेखि स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि सुरु भएको छ ।  मतदानको ४८ घण्टा अघिदेखि लागू हुने माैन अवधि मंगलबार राति १२ बजेदेखि सुरु भएको हाे । याे अवधिमा कुनै पनि उम्मेदवारकाे पक्षमा प्रचारप्रसार वा लविङ गर्न पाइँदैन ।

तर, माैन अवधि बिर्सिँदै केही कलाकारले काठमाडाैं महानगरकाे मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहकाे पक्षमा आज पनि सामाजिक सञ्जालमा पोष्ट गरेको पाइयो ।

सुरुदेखि नै बालेनको पक्षमा खुलेकी अभिनेत्री स्वस्तिमा खड्काले केही बेरअघि  ‘भोट फर बालेन’ ह्यासट्यागसहित नयाँ पोष्ट गरेकी छन् । बालेन शाहको एउटा पुरानो पोष्ट सेयर गर्दै उनले लेखेकी छन्, ‘बुलेटभन्दा ब्यालेट शक्तिशाली हुन्छ । हामी इतिहासलाई उपेक्षा नगरौं र भविष्यलाई परित्याग नगरौं ।’

एक लाख ३७ हजारभन्दा बढी फलोअर्स भएको आफ्नो पर्सनल अकाउन्टमा स्वस्तिमाले यो स्टाटस लेखेकी हुन् । उनको १२ लाखभन्दा बढी  फलोअर्स भएको भेरिफाइड फेसबुक पेजमा पनि यो पोष्ट गरिएको छैन ।

स्वस्तिमाले कलाकारलाई मौन अवधि नलाग्ने सुनेर बालेनको पक्षमा भोट मागेको बताइन् ।

उनले नेपालप्रेससँग कुरा गर्दै कलाकारले पनि मौन अवधिमा भोट माग्न नपाउने हो र भन्दै अनविज्ञता जनाइन् ।

उनले भनिन्, ‘राजनीतिक पार्टीले मात्र नपाउने सुनेको थिएँ । हामीले पनि नपाउने हो र ? मलाई त थाहा नभएर शेयर गरेको हुँ ।’

मौन अवधि शुरु भइसकेपछि पनि अरु कलाकारले पनि जानेर वा नजानेर यस्ता पाेष्ट गरेका छन् ।

कलाकार निर्मल शर्माले मौन अवधि शुरु भएको ७ घण्टा पछाडि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका र्यापर बालेन शाहलाई भोट मागेका छन्। उनले ४ घण्टा अघि बालेन शर्माको पोस्ट सामाजिक सञ्जालमा शेयर गर्दै उनको पक्षमा भोट मागेका हुन् ।

यस्तै अभिनेत्री वर्षा राउतले पनि मौन अवघि तोड्दै बालेन शाहको पक्षमा भोट मागेकी छन् । अभिनेत्री राउतले ३ घण्टाअघि बालेन शाहको फेसबुकमा भोट माग्दै गरेको पोस्ट शेयर गर्दै भोट फर चेन्ज भनेर लेखेकी छन् ।

मोडल गरिमा शर्माले रुटिन अफ नेपाल बन्दले बालेन शाहको बारेमा राखेको पोस्ट शेयर गर्दै बालेनको पक्षमा उभिएकी छन् । उनले पनि मौन अवधि तोड्दै ४ घण्टा अघि बालेन शाहलाई मेन्सन गर्दै शुभकामना दिएकी छन् ।

(नेपाल प्रेसमा समाचार प्रकाशित भएपछि नायिका स्वस्तिमा खड्काले आफ्नो पोष्ट डिलिट गरेकी छन् ।)


प्रतिक्रिया

2 thoughts on “मौन अवधि बिर्सेर बालेन शाहको पक्षमा भोट माग्दै सेलिब्रिटी

  1. देश को गहना भन्दैमा कानुन नै नलाग्ने भन्ने त हुदैन होला नि। कि कसो हो?

  2. एउटा सामान्य मानिसले बुझ्ने कुरा सेलिब्रेटि हुँ भन्नेहरु नै अनबिज्ञ भएको देख्दा प्रकाश सुबेदिको भनाई सहि लाग्छ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *