एमालेविरुद्ध झुटो प्रचार नगर्न गृहमन्त्रीलाई घनश्याम भुसालको चेतावनी – Nepal Press

एमालेविरुद्ध झुटो प्रचार नगर्न गृहमन्त्रीलाई घनश्याम भुसालको चेतावनी

रुपन्देही । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले जनतासँग झुटो कुरो नबोल्न गृहमन्त्री बालकृष्ण खाडलाई चेतावनी दिएका छन् ।

नेकपा एमालेले गरेका काम एक पटक हेर्न आग्रह गर्दै पूर्व मन्त्री घनश्याम भुसालले एमालेले गरेका सडक विकासलाई फिता लिएर नाप्नसमेत आग्रह गरे ।

नेकपा एमाले सिद्धार्थनगर निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै भुसालले कांग्रेसको आमसभामा नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाडले एमालेकाविरुद्ध गलत प्रचार गरेको बताएका थिए ।

उनले भने, ‘जनताका बीचमा सिद्धार्थनगरमा हिसाब गर्न आएका हौँ । हामीले के के गर्‍यौ भन्न आएका हौँ हिजो कांग्रेसले भाषण गर्दा एमालेले नेपाली नागरिकता दिएन भनेर भ्रम फैलाएको रहेछ, गृहमन्त्री भएको मान्छेले त्यति झुट बोल्न हुँदैन।’

‘नागरिकता विधेयक लिएर नागरिकता नपाएकालाई नागरिकता दिन खोज्ने पार्टी एमाले उल्टै एमालेमाथि आरोप लगाउने ? जनताका अगाडी सही बोल्न सक्नुहुन्न भने नबोल्नुहोस्’ भुसालले भने ।

जनतासँग ब्रमास्त्र भएको बताउँदै भुसालले सही समयमा सही ठाउँमा मतदान गर्न आग्रह गरे । सार्वभौमसत्ता जनताले सही निर्णय गर्ने बेला यही हो । ५ बर्सको निर्णय गर्ने समय आएको छ ।

भुसालले भने, ‘लोकतन्त्रमा हामीले सही समयमा सही निर्णय गर्न सकेनौँ भने गलत हुन्छ । विश्वमा गृह युद्ध हुन्छ । १ सय दिनमा १० लाख मानिस मरेका छन् । जनताले ठिक निर्णय गर्ने बेला यही हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर