स्थानीय तह निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिने – Nepal Press

स्थानीय तह निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिने जनाएको छ ।

आयोगले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको समेत जानकारी दिएको छ । निर्वाचनमा आयोगमा दर्ता भएका ७९ दलमध्ये जम्मा ६५ दल सहभागी भएका छन् ।

निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी कुल १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने दलबाट ३ सय ५५ र स्वतन्त्रबाट ३५ जना निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ ।

त्यस्तै निर्वाचनमा २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट मतदान गर्न सकिने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिता उलंघन गर्नेलाई तत्काल कारबाही गर्न सक्ने अधिकारसमेत दिई विभिन्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको भन्दै निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे ।

त्यस्तै उनले केहि मन्त्रीहरूले मात्र आयोगको स्वीकृति लिएर जिल्लामा गएको भन्दै स्वीकृति नलिई गएका मन्त्रीहरूलाई स्पष्टीकरण सोधिने बताए ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन मुलुकभर एकै पटक हुँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर