जब माधव नेपालले चुनावी सभाको अन्तिम दिन सूर्यमा भोट मागे (भिडिओ) – Nepal Press

जब माधव नेपालले चुनावी सभाको अन्तिम दिन सूर्यमा भोट मागे (भिडिओ)

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको छ ।

पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरेको समाजवादीले ललितपुरको महालक्ष्मी नगरपालिकामा भने एक्लै लडेको छ ।

मंगलवार समाजवादीको अन्तिम चुनावी सभामा ललितपुरको महालक्ष्मी नगरपालिकाको लुबुमा थियो । जहाँ अध्यक्ष नेपालले सम्बोधन गरे । सम्बोधन गर्दै गर्दा उनले आफ्ना उम्मेदवारलाई सूर्यमा मतदान गरेर जिताउन आग्रह गरे ।

उनले भने, ‘हाम्रो उम्मेदवारहरुलाई सूर्यमा मात्रै छाप लगाउँदै जाने हो मेयरमा…(कार्यकर्ताले रोकेपछि )सूर्यलाई उहिले पनि मैले नै ल्याएको हो । सूर्यलाई अस्वीकार गरेर कलममा चिह्न लगाएर सबै हाम्रो उम्मेदवार जिताउनका लागि….’

यसअघि लामो समय नेकपा एमालेमा रहेका नेपाललाई विगतको सम्झना आएको हुनसक्छ । जसले गर्दा कमल चिन्हमा मत माग्नुपर्नेमा उनले सूर्य चिह्नमा मत मागेका थिए ।

सूर्यमा मत माग्दै गरेका नेपाललाई उनका कार्यकर्ताले रोकेर कलम चिन्हमा मत माग्न अनुरोध गरे । त्यसपछि पनि उनी एकछिन अकमक्किए ।

एक छिन अलमल्ल एका नेपालले पछि सूर्यलाई पराजित गर्न कलम चिन्हमा मतदान गर्न आग्रह गरे ।

 


प्रतिक्रिया

2 thoughts on “जब माधव नेपालले चुनावी सभाको अन्तिम दिन सूर्यमा भोट मागे (भिडिओ)

  1. अन्तिममा आमा भनेछन। राम्रै भो। जय नेकपा एमाले। सुर्य आमा हुन्। हे हे अतीत हूँदा आमा ( सुर्य) को काखमा ! ठूलो भएँ कुन डाँडा पाखामा, सुर्यको भारा! कैले तिर्न सक्छु आमा खाछु दशधारा।

  2. नेकपा एमालेको जीतको संकेत हो देउवा प्रचण्ड र माधवकुमार ले हरेस खाएको देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर