निर्वाचनको दिन पनि काठमाडौंका यी ३ वटा रुट बस चल्ने – Nepal Press

निर्वाचनको दिन पनि काठमाडौंका यी ३ वटा रुट बस चल्ने

काठमाडौं । निर्वाचनको दिन पनि पर्यटकको सुविधाका लागि काठमाडौंका ३ वटा रुट बस चल्ने भएका छन् ।

वैशाख ३० गते देशभर हुन गइरहेको स्थानीय तहको निर्वाचनको दिन काठमाडौंमा हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोग सब सञ्चालन हुने भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटेल तथा होटेलदेखि विमानस्थलसम्म आवत–जावतको लागि विभिन्न रुटहरूमा सशुल्क सटल बस सेवा सञ्चालनको व्यवस्था मिलाइएको हो ।

यी हुन रूटहरू

रुट १

एअरपोर्ट–एनएसी–होटेल अन्नपूर्ण–होटेल याक एण्ड यति–ठमेल चोक–लैनचौर चोक–शंकर होटेल –एम्बासडर होटेल –एअरपोर्ट

रुट २

एअरपोर्ट–होटेल र्याडिशन–सांग्रिला होटेल–नारायण गोपाल चोक–महाराजगंज चोक–हायात रिजेन्सी–चाबहिल चोक–होटेल द्धारिका–एअरपोर्ट ।

रुट ३

एअरपोर्ट– तीनकुने चोक–होटेल एभरेष्ट–माइतिघर चोक–होटेल हिमालयन–होटेल सोल्टी–ग्रान्ड होटेल –एअरपोर्ट ।

सटल बस सेवावापत प्रति व्यक्ति ३ सय शुल्क लाग्ने र उक्त शुल्क सेवा दिँदाका बखतमा सम्बन्धित सेवादाताले नै लिने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर