गगन–विश्वको एकस्वर : रुख चिन्हमा मत दिनेले पश्चात्ताप गर्नुपर्ने छैन – Nepal Press

गगन–विश्वको एकस्वर : रुख चिन्हमा मत दिनेले पश्चात्ताप गर्नुपर्ने छैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पहिलो पटक मतदान गर्दै गरेका मतदातासँग मत मागेका छन् ।

संयुक्त भिडियो सन्देश जारी गर्दै महामन्त्रीद्वयले मतदान गर्ने अधिकार कांग्रेसकै नेतृत्वमा हासिल भएको स्मरण गराएका छन् ।

‘मतदान गर्ने यो अधिकार सित्तैमा पाइएको होइन । थुप्रै तन्नेरीहरू कुनै बेला चार तारे झण्डा बोकेर तपाई रम मेरो अधिकारका लागि लडेको हुनाले गर्दा यो अधिकार पाइएको हो’, सन्देशमा भनिएको छ ।

सम्मुनतिका लागि रुख चिन्हमा मतदान गर्न दुवै महामन्त्रीको आग्रह छ । रुख चिन्हमा मत दिएका कसैले पनि पश्चात्ताप गर्न नपर्ने प्रतिबद्धता भिडियोमा गरिएको छ ।

‘रुख चिन्हमा हाल्ने तपाईँको प्रत्येक मतको सदुपयोग गर्नेछौँ । रुखमा मतदान गरे भनेर पश्चात्ताप गर्नुपर्ने दिन आउन दिने छैनौँ’, भिडियो सन्देशमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर