सञ्जुलाई अन्तिम श्रद्धाञ्जली – Nepal Press

सञ्जुलाई अन्तिम श्रद्धाञ्जली

काठमाडौं । १३ औँ सागमा नेपालका लागि भारोत्तोलनबाट कीर्तिमान स्वर्ण पदक दिलाउन सफल खेलाडी सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषद्मा मङ्गलवार अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।

स्व. चौधरीको शवमा सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले फूलमाला तथा अबिरबाट श्रद्धाञ्जली अर्पण गरे ।

यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा र राष्ट्रिय खेलकुद परिषद्को झण्डा ओढाउनुका साथै अबिर तथा फुल मालाले श्रद्धाञ्जली व्यक्त गरे ।

राखेपका विभागीय प्रमुखहरू, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, कर्मचारीहरू, खेलाडी तथा खेलकर्मीहरूले चौधरीको शवमा अबिर तथा फूलमालाले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

चौधरीको शव आजै उनको बर्दिया लगिने संघले जनाएको छ ।

सन्जु मङ्गलवार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *