कांग्रेसलाई जिताए सुदूरपश्चिमको राजधानी डडेलधुरामा सार्ने देउवाको आश्वासन – Nepal Press

कांग्रेसलाई जिताए सुदूरपश्चिमको राजधानी डडेलधुरामा सार्ने देउवाको आश्वासन

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह चुनावमा कांग्रेसलाई जिताए सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट डडेलधुरा सार्ने आश्वासन दिएका छन् ।

चुनावी अभियानका क्रममा गृह जिल्ला डडेलधुरामा रहेका देउवाले मंगलवार अमरगढी नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेसका सबै उम्मेदवारलाई जिताएमा राजधानी सार्ने बताए ।

देउवाले कांग्रेसलाई जिताएमा बिजुली पानी र पश्चिम सेती जलविद्युत आयोजना सबै ल्याउने भन्दै देशको विकास गर्ने पार्टी कांग्रेसमात्र भएकाले अन्यत्र बहकिन नहुने बताए ।

देउवाले पूर्वाधार विकास गरेर प्रदेश राजधानी डडेलधुरामै ल्याउने बताएका थिए ।

प्रदेशसभाले प्रदेश राजधानी कैलालीको गोदावरीमा बनाउने निर्णय गरिसकेको छ भने अस्थायी राजधानी धनगढीमा छ ।

गृह जिल्लामा कांग्रेसकै कर्ण मल्ल समूहले एमालेसँग मिलेर अप्ठेरो पारेकाले देउवा दबाबमा परेका छन् ।

प्रधानमन्त्री देउवा मतदान गरेर मात्र अब काठमाडौं आउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर