तामाकोशी गाउँपालिका उपसभापतिसहित १९ जना नेता-कार्यकर्ता कांग्रेसबाट निष्कासित – Nepal Press

तामाकोशी गाउँपालिका उपसभापतिसहित १९ जना नेता-कार्यकर्ता कांग्रेसबाट निष्कासित

काठमाडौं । नेपाली कांग्रेस दोलखाले बागी उम्मेदवारी दिनेका प्रस्ताव, समर्थक तथा सहयोगीहरुसहित १९ जना नेता-कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ ।

तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेमा कांग्रेसका बागी वडाध्यक्ष उम्मेदवार ईश्वर कार्कीसहितको टिमलाई सघाउने सबै नेता-कार्यकर्ता निष्कासनमा परेका हुन् ।

जिल्ला सभापति बर्मा लामाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिका उपसभापति वरुण पाख्रिन, सचिव राजेन्द्र योन्जन, क्षेत्रीय प्रतिनिधि विनोद कार्की, धनबहादुर योन्जनसहितका नेतालाई निष्कासन गरेको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर