मकवानपुरमा गठबन्धनको कार्यकर्ताबीच कुटाकुट, दुईजना घाइते – Nepal Press

मकवानपुरमा गठबन्धनको कार्यकर्ताबीच कुटाकुट, दुईजना घाइते

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनका नेपाली कांग्रेस र माओवादी केन्द्रको कार्यकर्ताबीच कुटाकुट भएको छ ।

बकैया गाउँपालिका वडा नम्बर ७ कत्लेखोलामा चुनावी विषयलाई लिएर मोटरसाइकलको ‘एक्सलेटर’को तार चुडालीदिएपछि भएको कुटाकुट हुदााँ दुईजना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा नेकपा माओवादी केन्द्र बकैया गाउँपालिका वडा नम्बर ७ कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा बकैया गाउँपालिका उपाध्क्ष हरि राई रहेका छन् ।

उनिहरुलाई नेपाली कांग्रेस निकट रामबहादुर राई नेतृत्वको समूहले कुटपिट गरेको नेकपा माओवादी केन्द्र मकवानपुरकी नेतृ लक्ष्मी माझी ‘कृपा’ले जानकारी दिइन् । कृपाको अनुसार घाइतेहरुको हाल हेटौँडा स्थित चुरेहिल अस्पतालमा उपचार भैरहेको छ ।

घटनाको विषयमा जानकारी दिँदै प्रहरी चौकी हात्तिसुडेका सहि दमन तामाङले घाइतेहरुको उपचार भैरहेको बताए । घाईतेहरु डिस्चार्ज भएपछि दुवै पक्षबाट आएको निवेदनको आधारमा घटनाको छानविन गरी दोषिलाई कारबाही गरिने उनको भनाई छ ।

बकैया गाउँपालिकामा स्थानीय तहको निर्वाचनको लागि हाल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन रहेको छ । नेपाली कांग्रेसले अध्यक्ष र नेकपा माओवादी केन्द्रले उपाध्यक्ष पाउनेगरी गठबन्धन भएपनि वडा तहमा भने गठबन्धन भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर