इटहरीमा बोल्दाबोल्दै गाह्रो भएपछि झलनाथले गरे बसीबसी भाषण (भिडिओ) – Nepal Press

इटहरीमा बोल्दाबोल्दै गाह्रो भएपछि झलनाथले गरे बसीबसी भाषण (भिडिओ)

इटहरी । इटहरीमा गठबन्धनको चुनावी सभाका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता  झलनाथ खनालले धारा प्रवाह भाषण गरिरहेका थिए । कृषि क्षेत्रका बारेमा बोल्दाबाेल्दै खनाल टक्क रोकिए । पोडियमको दायाँतर्फको एक गिलास पानी पिए । मौन बने ।

केही क्षणपछि ‘यो माइक पर सार्न मिल्छ ?’ भनेर प्रश्न गरे । उद्घोषक नेपाली कांग्रेस इटहरी सचिव मन्दिप भट्टराईले माइक सार्न सहजीकरण गरे । मञ्चको पोडियम छोडेर खनाल आफू बसेको स्थानमा पुगे । कोट खोले ।

केहि समय अगाडि अपरेसन गरेकाले आफूलाई असहज भएको भन्दै खनालले गर्मीले गाह्रो गरेको बताए । अनि फेरि गरे भाषण ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर