मिर्चैयामा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप – Nepal Press

मिर्चैयामा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

जनकपुरधाम । सिरहाको मिर्चैया बजारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । इलाका प्रहरी कार्यालय मिर्चैया अगाडि दुबै पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

झडपका क्रममा माओवादी कार्यकर्ता चढ्ने एउटा कारमा कांग्रेस कार्यकर्ताले ढुंगामुढा गरेर तोडफोड गरेका छन् । कारको अगाडिको सिसा फुटेको छ ।

मिर्चैयाका डीएसपी हरिबहादुर ओलीका अनुसार वडा नम्बर २ मा कांग्रेस र माओवादीका कार्यकर्ताबीच विवाद भएको थियो । दुवै पक्षका मानिसलाई ल्याएर छलफल गरिरहेकै बेला सामान्य झडप भएकाे उनले बताए । ‘अहिले विवाद मिलाउन छलफल भइरहेको छ’, उनले भने ।

कांग्रेसले माओवादी र माओवादीले कांग्रेसमाथि आर्थिक चलखेल गरी मतदाता फकाउने प्रयास गरेको आरोप लगाइरहेका छन् । यही विषयमा विवाद बढेर तनाव सृजना भएको स्थानीय बताउँछन् ।

मिर्चैयामा नेकपा माओवादी केन्द्रबाट निवर्तमान मेयर श्रवण यादव पुनः चुनावी मैदानमा छन् । कांग्रेसले सीताराम यादवलाई मेयरमा खडा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर