मञ्जु गुुरुङको दाबी- न्याय नपाए पोखरा जानू भन्ने मानक स्थापित गरें, बाँकी काम अब पूरा हुन्छन् – Nepal Press

मञ्जु गुुरुङको दाबी- न्याय नपाए पोखरा जानू भन्ने मानक स्थापित गरें, बाँकी काम अब पूरा हुन्छन्

पोखरा । पोखरा महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेबाट पुनः उम्मेदवारी दिएकी मञ्जुदेवी गुरुङले बितेको पाँच वर्षमा न्यायिक समितिको नमूना मोडल बन्न पोखरा सफल भएको दाबी गरेकी छन् ।

पोखरामा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपमेयर गुरुङले न्यायिक समितिको काम हेर्न देशभरका उपप्रमुखहरु पोखरा आउने गरेको र न्यायिक समितिको राष्ट्रिय भेलासमेत यहीं भएको बताइन् ।

गुरुङले भनिन्–न्यायिक समितिको प्रमुखको भूमिका मैले कसरी निर्वाह गरेँ भन्ने कुरा यहाँ भन्नु पर्दैन । पहिले न्याय नपाए गोर्खा जानु भन्थे, अहिले न्याय नपाए पोखरा जानू भनिन्छ । हामीले वितेका पाँच वर्षमा गरेका कामहरुप्रति गर्व छ र बाँकी काम अब एमालेकै नेतृत्वमा पूरा हुनेछन् ।

गुरुङले पोखराको विकासमा आफूहरुको नेतृत्वमा भएका कामको विवरण पेश गर्दै आउने चुनावमा २० हजार मतान्तरले जित्ने दाबी गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर